कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपस्थित
काठमाडौं, फागुन १२ : प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो। प्रतिनिधि सभा बैठक...
काठमाडौं, फागुन १२ : प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो।
प्रतिनिधि सभा बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। दिउँसो १ बजे बस्ने संसद बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे संैद्धान्तिक छलफल हुने कार्यसूची छ।
छलफलका लागि संसदमा अवरोध हटाउन सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। आजको बैठकमा पनि एमाले अनुपस्थित छ। सभामुखको भूमिकाको विरोध गर्दै एमालेले ६ महिनादेखि संसद अवरोध गर्दै आइरहेको छ।
प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)