बालुवाटरमा देउवा र प्रचण्डबीच भेटवार्ता, एमसिसीका विषयमा छलफल
बालुवाटार पुग्नुअघि प्रचण्डले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेका थिए।
काठमाडौं, फागुन १२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन्।
केहीबेर अघि बालुवाटार पुगेका प्रचण्डले संसदमा आज छलफल हुने एमसिसीका बारेमा प्रधानमन्त्री देउवासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।
छलफलमा गठबन्धन दलको हैसियतले माओवादी केन्द्र एमसिसीको पक्षमा उभिनुपर्ने प्रधानमन्त्रीको धारणा थियो। उनले एमसिसीमा सहयोग गर्न प्रचण्डलाई आग्रहसमेत गरेका छन्। जवाफमा प्रचण्डले एमसिसीमा मतदान भए विपक्षमा उभिने बताएका छन्।
बालुवाटार पुग्नुअघि प्रचण्डले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेका थिए।
एकिकृत समाजवादीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा गठबन्धनमा भएपनि दुई दल एमसिसीको विपक्षमा उभिने निर्णय भएको थियो।
माधव र झलनाथसँग छलफल गरेपछि प्रचण्ड बालुवाटार पुगेका हुन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)