Kathmandu Press

युक्रेनमा संकटकालको घोषणा

युक्रेनमा संकटकालको घोषणा

किभ, फागुन १२ : युक्रेनमा संकटकालको घोषणा गरिएको छ। यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो।

युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो। यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ।

Hardik ivf

बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो। सो संसदमा कायम रहेका ४५० जना सांसदहरुमध्ये ३३५ जनाले सरकारले ल्याएको संकटकालको पक्षमा मतदान गरेका थिए।

पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गर्नु भएको छ। पछिल्लो समयमा युक्रेनमा तनाव बढेको छ।

अमेरिका लगायतका केही पश्चिमा देशहरुले युक्रेनबाट आफ्ना कूटनीतिक कर्मचारी र नागरिकहरु पनि फिर्ता लगेका छन्।

प्रकाशित मिति: ११:५० बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्