Kathmandu Press

सिंहदरबारमा प्रचण्ड, माधव र झलनाथबीच छलफल, एमसिसीको विपक्षमा उभिने निर्णय 

काठमाडौं, फागुन १२ : एमसिसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु हुनुअघि एमसिसीको विपक्षमा रहेका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ। सिंहदरबारस्थित नेकपा (एकिकृत समाजवादी) पार्टीको...
सिंहदरबारमा प्रचण्ड, माधव र झलनाथबीच छलफल, एमसिसीको विपक्षमा उभिने निर्णय 

काठमाडौं, फागुन १२ : एमसिसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु हुनुअघि एमसिसीको विपक्षमा रहेका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ। 

सिंहदरबारस्थित नेकपा (एकिकृत समाजवादी) पार्टीको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच छलफल भएको हो। 

छलफलमा तीनै नेताहरुले एमसिसीको विपक्षमा उभिने निर्णय गरेका छन्। एमसिसीमा सैद्धान्तिक छलफल भई निर्णयार्थ पेश भएको अवस्थामा विपक्षमा उभिने निर्णय भएको बताइएको छ। 

पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्र र एकिकृत समाजवादीले एमसिसी संसदमा टेबल गर्न दिएपनि प्रस्तावको विपक्षमा उभिने निर्णय गरेका हुन्। 

यसअघि दुबै पार्टीको बैठकले एमसिसी राष्ट्रघाती भएका कारण विपक्षमा उभिने निर्णय गरिसकेको छ। दुबै पार्टीका भ्रातृसंगठनहरुले सडकमा एमसिसीविरुद्ध प्रदर्शन समेत गर्दै आइरहेका छन्।  

माओवादी केन्द्र र एकिकृत समाजवादी एमसिसीको विपक्षमा उभिएपछि गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले एमसिसी अनुमोदन गराउनका लागि एमालेको समर्थन खोजेको छ। यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भेटवार्ता समेत गरेका छन्।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ। 
 

प्रकाशित मिति: ११:०५ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्