Kathmandu Press

युक्रेनमाथि सैन्य कारवाही सुरु भएको राष्ट्रपति पुटिनको घोषणा 

राष्ट्रपति पुटिनको घोषणासँगै युक्रेनको राजधानी किभ,  डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ।
युक्रेनमाथि सैन्य कारवाही सुरु भएको राष्ट्रपति पुटिनको घोषणा 

काठमाडौं, फागुन १२ : रूसले युक्रेनमाथि सैन्य कारवाही सुरु भएको घोषणा गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार एक टेलिभिजन अन्तर्वातामा युक्रेनविरुद्ध सैन्य कारवाही सुरु भएको घोषणा गरेका हुन्। 

रूस–युक्रेन संकटका विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल चलिरहेको बेला रुसले भने युक्रेनविरुद्ध सैन्य कारवाहीको घोषणा गरेको बीबीसीले जनाएको छ। रुसले यसलाई आत्मरक्षा भनेको छ। 

पूर्वी युक्रेनमा रहेका युक्रेनी सैनिकहरुलाई फिर्ता जान समेत रुसले चेतावनी दिएको छ। राष्ट्रपति पुटिनले युक्रेनविरुद्धको कारवाहीमा अन्य शक्तिराष्ट्रहरुले प्रतिरोध गरे पछि नहट्ने चुनौती समेत दिएका छन्। आफ्नो चेतावनीलाई बेवास्ता गरे रगतको खोला बग्ने र यसको जिम्मेवार युक्रेन हुने समेत बताएका छन्। 

राष्ट्रपति पुटिनको घोषणासँगै युक्रेनको राजधानी किभ,  डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ।

डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।

राष्ट्रपति पुटिनले सैन्य कारवाही युक्रेनमाथि कब्जा गर्नका लागि नभएको समेत दाबी गरेका छन्। 

प्रकाशित मिति: १०:०९ बजे, बिहीबार, फागुन १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्