Kathmandu Press

रूसको सुरक्षामा सम्झौता हुन सक्तैन : पूटिन

मस्को, फागुन ११ : राष्ट्रपति भ्लादिमिर पूटिनले रूसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन।यूक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै...
रूसको सुरक्षामा सम्झौता हुन सक्तैन : पूटिन

मस्को, फागुन ११ : राष्ट्रपति भ्लादिमिर पूटिनले रूसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन।

यूक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै यूक्रेनसहित उसका पश्चिमा सहयागी मुलुकहरूले बेला पूटिनले भिडिओ सम्बोधनमार्फत् देशको सुरक्षा र स्वार्थ विपरीत सम्झौता गर्न नसकिने बताएका हुन।

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रूसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घण्टामा पूटिनको पछिल्लो प्रतिक्रिया आएको हो।

पूटिनले रुस सधैँ ‘सिधा र खुलस्त संवादका लागि तयार रहेको’ बताएका छन। सेनामा पूर्ण विश्वास रहेको कुरासमेत आफ्नो सम्बोधनमा उनले बताएका छन।

प्रकाशित मिति: २०:०७ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्