Kathmandu Press

रूस र युक्रेनको तनावले कच्चा तेलको मूल्यमा वृद्धिको प्रक्षेपण

रूस र युक्रेनको तनावले कच्चा तेलको मूल्यमा वृद्धिको प्रक्षेपण

न्यूयोर्क फागुन ११ : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ। यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको हो।

दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो।

युक्रेन र रुसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन्। रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने उनीहरूले बताएका छन्।

रुसले युक्रेनी पृथकतावादीहरूको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिँदै आफ्नो सेनालाई ती क्षेत्रमा पठाएसँगै बेलायत र अन्य धेरै पश्चिमी मुलुकले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यका रुपमा मान्यता दिएपछि यूक्रेनी सङ्कटसँग जुध्न आफ्नो सहकार्य रहने उनीहरूले बताएका छन्।

स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरुको बाक्लो उपस्थिति छ।

प्रकाशित मिति: २०:०४ बजे, बुधबार, फागुन ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्