काठमाडौँका ए डिभिजन फुटबल क्लवलाई महानगरको १०/१० लाख रुपैयाँ सहयोग

काठमाडौं, फागुन ११ : काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा ए डिभिजन फुटबल क्लव प्रत्येकलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।
आज महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणसँगै मेयर शाक्यले विजेता फुटबल क्लब हरेकलाई ५ लाख रुपैयाँ प्रोत्साहन दिने समेत घोषणा गरेका हुन् ।
सहयोग रकम हस्तान्तरणपछि बोल्दै मेयर शाक्यले, खेल अवधिमा प्रतिस्पर्धा त्यसपछिको सौहाद्रता राजनीतिक क्षेत्रले सिक्नु पर्ने पाठ भएको भन्दै खेलकुदले सामाजिक र आर्थिक विकास गर्नुका साथै रोजगारी समेत सिर्जना गरेको बताए ।
उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले, खेल जीवनमा प्रवेश गरेका धेरै मानिसहरु पेशा परिवर्तन गरेको दृष्टान्त दिँदै, आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले खेलमा प्रवेश गरेको व्यक्ति बाहिरिनु नहुने बताईन् ।
अहिले काठमाडौंमा मच्छिन्द्र क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लव, मनाङ् मस्र्याङ्दी, एन आर टी क्लब गरी ए डिभिजनका ५ वटा फुटबल क्लवहरु छन् ।
महानगरले उपलब्ध गराएको रकम क्लवहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लवहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानून विपरीत क्लवले काम गरे सम्झौता स्वतः खारेज हुनेछ ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)