Kathmandu Press

पाँच सहसचिवको सरुवा

काठमाडौं, फागुन ११ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच सहसचिवको सरुवा गरेको छ । संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले मंगलबार पाँच सहसचिवको सरुवा गरेका...
पाँच सहसचिवको सरुवा

काठमाडौं, फागुन ११ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच सहसचिवको सरुवा गरेको छ । 

संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले मंगलबार पाँच सहसचिवको सरुवा गरेका हुन् । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव सूर्य सेढाईँ र बासुदेव घिमिरेको गृह मन्त्रालयमा सरुवा भएको छ । 

सहसचिव दिपक घिमिरेको राष्ट्रिय कितावखानामा सरुवा गरिएको हो । शिक्षा मन्त्रालयका सहसचिव राम चरित्रको इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ । 

यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेका सहसचिव उमेश ढुंगानालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।

प्रकाशित मिति: १९:०८ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्