Kathmandu Press

युक्रेनका विधायकद्वारा डोनबास मान्यताका लागि रूसी अधिकारीहरूमाथि १० वर्षे प्रतिबन्ध लगाउन प्रस्ताव

कीभ, फागुन ११ : युक्रेनी संसदले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता...
युक्रेनका विधायकद्वारा डोनबास मान्यताका लागि रूसी अधिकारीहरूमाथि १० वर्षे प्रतिबन्ध लगाउन प्रस्ताव

कीभ, फागुन ११ : युक्रेनी संसदले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ।

यस प्रस्तावनालाई ४५० मध्ये ३२२ जना विधायकले समर्थन गरेका छन्। 'प्रस्तावनाको लक्ष्य र उद्देश्यहरू युक्रेनी राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को निर्णयको लागि आवश्यक कानूनी स्वरूप प्रदान गर्नु हो जुन व्यक्तिगत विशेष आर्थिक तथा अन्य प्रतिबन्धात्मक उपाय घोषणाका लागि मार्गप्रशस्त गर्नु हो।' डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिन संलग्न व्यक्तिहरूलाई यूक्रेनी हित बिपरित हुने वास्तविक सम्भावित खतराहरू सृजना गर्ने कदम रोक्नका लागि प्रस्तावनामा सुझाब दिइएको छ।

प्रतिबन्ध लगाउन प्रस्तावित यस सूचीमा ३५१ जना रूसी विधायक तथा रूसी सुरक्षा परिषद्का सदस्यहरू समावेश छन्।

प्रस्तावित प्रतिबन्धहरूमा आधिकारिक भ्रमण रद्द गर्ने, बैठक, वार्ता, जमिन खरिदमा प्रतिबन्ध लगाउने, सम्पत्ति रोक्का गर्नेलगायत समावेश गरिएको बताइएको छ।

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, फागुन ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्