Kathmandu Press

हेलिकोप्टरमार्फत गर्भवती महिलाको उद्धार

हेलिकोप्टरमार्फत गर्भवती महिलाको उद्धार

खाँदबारी, फागुन ११ : सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्काबाट गर्भवती महिलाको उद्धार गरिएको छ। अत्यधिक रक्तस्राव भएकी भोटखोला– १ किमाथाङ्का निवासी १७ वर्षीया गर्भवती पेम्बाल्हामु च्यावाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो। अत्यधिक रक्तस्राव भएपछि च्यावालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन।

गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि आज दिउँसो किमाथाङ्का स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो। स्वास्थ्य सहसंयोजक तामाङका अनुसार गर्भवती च्यावाको रक्तस्राव नरोकिएपछि आज अपराह्न ४ बजे थप उपचारका लागि हेलिकोप्टरमार्फत काडमाडौँको थापाथली प्रसूति गृहमा लगिएको हो। सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म आधा दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ।

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्