बिहिबारको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची
काठमाडौं, फागुन ११ : प्रतिनिधिसभाको बिहिबार (भोलि) बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ । बुधबार संसद् सचिवालयले जारी गरेको...
काठमाडौं, फागुन ११ : प्रतिनिधिसभाको बिहिबार (भोलि) बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।
बुधबार संसद् सचिवालयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख गरिएको छ ।
प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्दै छ । त्यसअघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो ।
प्रकाशित मिति: १८:३७ बजे, बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)