एमसिसी पास गराउन सबै विकल्प र उपाय अपनाइनेछ : मीन विश्वकर्मा
काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमसिसी पास गराउन आवश्यक सबै विकल्प र उपाय अपनाउने बताएका छन्।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...
काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमसिसी पास गराउन आवश्यक सबै विकल्प र उपाय अपनाउने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले एमसिसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने पनि बताए। एमसीसी देशको हितमा भएको उल्लेख गर्दै सबै दल एकमत भएर यसलाई पारित गर्नुपर्नेमा उनले जोड दिए।
साक्षात्कारमा एमाले नेता कर्णबहादुर थापाले एमसिसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरे। अहिलेको सरकारले सदनमा पेस गरेका कुनै पनि बिजनेसहरु सरकारमा सहभागी भएका दलहरु नै बढी जिम्मेवार हुने उनको भनाइ थियो। उनले एमसीसीलाई लिएर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भूमिकालाई लिएर कडा आपत्ति जनाए।
त्यस्तै माओवादी नेता सांसद झक्कु सुवेदीले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने बताए। एमसिसीलाई लिएर आफूहरु र कांग्रेसको एजेन्डानमिलेको पनि उनले धारणा थियो।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशव झाले आफ्नो पार्टी एमसिसीको पक्षमा सुरुदेखि नै रहेकाले एमसिसीको पक्षमा नै मत हाल्ने स्पष्ट पारे।
झाले एमसीसी राष्ट्रको हितमा रहेको भन्दै पूर्वाधार क्षेत्रमा विकास हुने विश्वास व्यक्त गरे।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)