Kathmandu Press

संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसकाे निर्देशन

काठमाडौं, फागुन ११ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भोलि (बिहीबार) बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।कांग्रेस सचेतक पुष्पा भुसालले त्यसबारे जानकारी दिएकी हुन्। गत आइतबारको संसद बैठकमा एमसिसी टेबल गरिएको थियो। बिहीबारको बैठकमा त्यसबारे सैद्धान्तिक छलफल सुरु हुँदैछ। यही फागुन १६ सम्म सो प्रस्ताव संसदबाट अनुमोदन गरिसक्नुपर्ने एमसिसी सम्झौतामा उल्लेख छ।
संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसकाे निर्देशन

काठमाडौं, फागुन ११ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भोलि (बिहीबार) बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

कांग्रेस सचेतक पुष्पा भुसालले त्यसबारे जानकारी दिएकी  हुन्। गत आइतबारको संसद बैठकमा एमसिसी टेबल गरिएको थियो। बिहीबारको बैठकबाट त्यसबारे सैद्धान्तिक छलफल सुरु हुँदैछ। 

यही फागुन १६ सम्म सो प्रस्ताव संसदबाट अनुमोदन गरिसक्नुपर्ने एमसिसी सम्झौतामा उल्लेख छ।

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्