Kathmandu Press

बिहीबार बस्ने संसद बैठकको सम्भावित कार्यसूचीमा समेटियो एमसिसी

बिहीबार बस्ने संसद बैठकको सम्भावित कार्यसूचीमा समेटियो एमसिसी

काठमाडौं, फागुन ११ : प्रतिनिधिसभाको भोलि (बिहीबार) बस्ने बैठकमा एमसिसीमाथि छलफल हुने भएको छ।

संसद सचिवालयले आज (बुधबार) सार्वजनिक गरेको भोलिको बैठकको सम्भावित कार्यसूचीमा सरकारले संसमा पेस गरेको एमसिसीसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहायता सम्झौता एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने राखिएको छ।

सम्भावित कार्यसूचीकोपहिलो नम्बरमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्ने उल्लेख छ। 

बिहीबार १ बजेका लागि प्तिनिधिसभा बैठक बोलाइएको छ। त्यसअघि बिहीबार बिहान १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।

संसद बैठकको अन्तिम कार्यसूची भने सो बैठकले तय गर्नेछ।

प्रकाशित मिति: १६:४५ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्