सहकारीमा बचतकर्ताको ६ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं, फागुन ११ : सहकारी खोलेर बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं...
काठमाडौं, फागुन ११ : सहकारी खोलेर बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० का ४२ वर्षीय सुरज बस्नेत र वडा १६ का ५७ वर्षीय शिव पाण्डे रहेको सिआइबीले जनाएको छ। उनीहरूलाई प्रहरीको
बस्नेत भरोसा पुरानो बानेश्वरमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समिति अध्यक्ष र पाण्डे उपाध्यक्ष रहेको सिआइबीले जनाएको छ।
सिआइबीका अनुसार उनीहरूले बचतकर्ताले राखेको रकम सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तका नाममा राखेर १५ जना निक्षेपकर्ताहरुको ६ करोड २५ लाख रकम दुरुपयोग गरेका थिए।
बचतर्ताले भुक्तानी फिर्ता माग्दा उनीहरूले सहकारी संस्थामा ताला लगाई फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले उनीहरूलाई फागुन ४ गते पक्राउ गरेको हो। उनीहरूमाथि आवश्यक कानुनी कारबाही भइरहेको सिआइबीले जनाएको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)