Kathmandu Press

गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडाैं, फागुन ११ : माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताएका छन्।आज (बुधबार) काठमाडौंमा माओवादी...
गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडाैं, फागुन ११ : माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताएका छन्।

आज (बुधबार) काठमाडौंमा माओवादी केन्द्रको वागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका हुन्।

त्यस्तै उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गरे। उनले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग नभई गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता भएको जानकारी दिए।

संसदमा टेबल गरिएको एमसिसी अनुमोदन गर्नेलगायत विषयमा आज बिहान गृहमन्त्री बालकृष्ण खाँणले प्रचण्डसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति: १५:३० बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्