Kathmandu Press

भारतमा थप १५ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, फागुन ११ : भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन्।सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु...
भारतमा थप १५ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, फागुन ११ : भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन्।

सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ।

Hardik ivf

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ। पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

योसँगै कुल चार करोड २१ लाख ८९ हजार ८८७ जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५ लाख १२ हजार ६२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्