Kathmandu Press

धादिङकाे मालिंगामा नेपालमै पहिलोपटक नदीमाथि स्काइ रोप साइक्लिङ

धादिङ, फागुन ११ : पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशूली रिभरसाइड रिसोर्टले त्रिशुली नदीमाथि स्काई रोप साइक्लिङ निर्माण गरेको छ। काठमाडौंबाट सत्तरी किलोमिटर दुरिमा पृथ्वी...
धादिङकाे मालिंगामा नेपालमै पहिलोपटक नदीमाथि स्काइ रोप साइक्लिङ

धादिङ, फागुन ११ : पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशूली रिभरसाइड रिसोर्टले त्रिशुली नदीमाथि स्काई रोप साइक्लिङ निर्माण गरेको छ। 

काठमाडौंबाट सत्तरी किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिंगामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलोपटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ तयार भएको रिसोर्टका सञ्चालक उद्धव कँडेलले बताए।

‘एक करोड लगानीमा साइक्लिङ तयार भएको छ,’ कँडेलले भने, ‘यसमा जोडी नै एकैसाथ खेल्न मिल्छ। यसरी दुवैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ हो।’

दुइतर्फी दूरी तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति एक हजार रुपैया र फोटो भिडियो बनाउन थप पाँच सय लाग्ने कँडेलले जानकारी दिए। 

र्‍याफ्टिङ, कायकिङ, क्यानोनिङ समेत सञ्चालन गर्दै आइरहेको रिसोर्टले त्रिशूली नदीवारपार गर्ने गरि जिपलाइनसमेत निर्माण गरेको छ। आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लगिने कँडेलले बताए। 

पैंतीस रोपनीमा फैलिएको रिसोर्टमा आवासका लागि टेन्टेड क्याम, रिभर भ्यु कटेज र एसि डिलक्स रुम उपलब्ध छन्। रिसोर्टमा स्विमिङ पुलसँगै बारबिक्यु र शुक्रबार, शनिबार डिजे पार्टीको समेत मजा लिन सकिन्छ।

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्