Kathmandu Press

डेली जिबी प्रयोगकर्ताका लागि एनसेलले ल्यायो गज्जबको क्यास ब्याक अफर

डेली जिबी प्रयोगकर्ताका लागि एनसेलले ल्यायो गज्जबको क्यास ब्याक अफर

काठमाडौं, फागुन ११ : एनसेलका ग्राहकले डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याक पाउन थालेका छन्।

एनसेल आजियाटा लिमिटेडले ‘गज्जबको डेली जिबी प्याक’अन्तर्गत तीनथरीका प्याक थप गरेपछि ग्राहकले २० देखि ६० रूपैयाँसम्म क्यास ब्याक पाउन थालेका हुन्।  

सो क्यास ब्याक योजना सोमबार (फागुन ९) देखि नै लागु भएको हो। यस आकर्षक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जिबी र सात दिनसम्म दैनिक २ जीबीको गजब्बको डेली जिबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन्। 

७ दिनका लागि मान्य रहने दैनिक १ जिबी गज्जबको डेटा प्याक ग्राहकले करसहित १६९ रुपैयाँमा चलाउन सक्छन्। यो प्याक लिँदा ग्राहकले रु. २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन्।

त्यसैगरी ग्राहकले करसहित २६९ रुपैयाँमा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु. ३० को क्यास ब्याकबाट फाइदा लिन सक्छन्।

त्यस्तैगरी धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र रु. ५९९ मा सुचारु गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु. ६० बोनस क्यास ब्याक पाउँछन्। 

यस गज्जबको डेली जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यु गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन्। 
ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन्।

यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ। गज्जबको डेली जिबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटाबाहेक अन्य अन नेट सेवा प्रयोग गर्न ग्राहकहरुलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ।

प्रकाशित मिति: १३:३० बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्