प्रधानमन्त्री देउवाद्वारा कलाकार लामाको निधनप्रति शाेक व्यक्त
काठमाडौं, फागुन ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।उनले आज (बुधबार) समाजिक सञ्जालमार्फत कलाकार एवं लोकगायक जयनन्द लामाको...
काठमाडौं, फागुन ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार जयनन्द लामाको निधनप्रति शाेक व्यक्त गरेका छन्।
उनले आज (बुधबार) समाजिक सञ्जालमार्फत कलाकार एवं लोकगायक जयनन्द लामाको असामयिक निधनबाट मुलुकले गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको बताएका छन्।
उनले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
‘कलाकार एवं लोकगायक जयनन्द लामाको असामयिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
६६ वर्षीय लामाको आज बिहान निधन भएको थियो।
प्रकाशित मिति: १२:५२ बजे, बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)

