Kathmandu Press

राष्ट्रपति भण्डारीद्वारा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौं, फागुन ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन्।उनले आज (बुधबार) समाजिक सञ्जालमार्फत लोकगीत संकलक‚ गायक तथा अभिनेता...
राष्ट्रपति भण्डारीद्वारा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौं, फागुन ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन्।

उनले आज (बुधबार) समाजिक सञ्जालमार्फत लोकगीत संकलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको  बताएकी हुन्।

राष्ट्रपति भण्डारीले लामाको मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।

‘प्रसिद्ध लोकगीत संकलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको छ,’ उनले ट्विट गर्दै भनेकी छन्, ‘ दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’

६६ वर्षीय लामाको आज बिहान निधन भएको थियो। 

प्रकाशित मिति: १२:४३ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्