पहिला एमालेलाई न्याय दिनुहाेस् अनि एमसिसी प्रक्रियामा सहभागी हुन्छाैं : ओली
काठमाडौं, फागुन ११ : एमाले अध्यक्ष केपी ओलीले एमसिसी प्रक्रियामा सहभागी हुनभन्दा अगाडि एमालेले न्याय पाउनुपर्ने बताएका छन्।एमसिसीका सन्दर्भमा एमालेको समर्थन जुटाउने उद्देश्यले आज...काठमाडौं, फागुन ११ : एमाले अध्यक्ष केपी ओलीले एमसिसी प्रक्रियामा सहभागी हुनुअगाडि एमालेले न्याय पाउनुपर्ने बताएका छन्।
एमसिसीका सन्दर्भमा एमालेको समर्थन जुटाउने उद्देश्यले आज (बुधबार) बिहान बालकोट पुगेका गृहमन्त्री बालकृष्ण खाँणलाई ओलीले त्यस्तो बताएका हुन्।
बालकोट पुगेर गृहमन्त्री खाँणले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग आग्रह गरेका थिए। एमाले अध्यक्ष ओलीले एमसिसीबारे एमाले स्पष्ट रहेको तर अनुमोदन प्रक्रियामा सहभागी हुन एमालेलाई संसद बैठकमा भाग लिनुपर्ने वातावरण बन्नुपर्ने माग राखेको बालकोट स्रोतले जनाएको छ।
भोलि (बिहीबार) बस्ने संसद बैठकमा एमसिसीबारे बहस हुँदैछ। सम्भव भएसम्म भोलि नै एमसिसी अनुमोदन गर्ने तयारी पनि भइरहेको छ।
सत्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेसबाहेक सबै दल यथास्थितिमा एमसिसी पास गर्न नहुने पक्षमा छन्। सत्तारूढ दलहरू नै एमसिसीलाई लिएर एकमत नहुँदा त्यसको अनुमोदनमा आशंका उत्पन्न भएको छ।
यसैक्रममा कांग्रस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको सहमति जुटाउन गृहमन्त्री खाँणलाई अध्यक्ष ओलीकहाँ पठाएका हुन्।
प्रमुख प्रतिपक्षी दल एमालेले भने एमसिसीबारे आधिकारिक धारणा तय गरिसकेको छैन।
हिजो (मंगलबार) ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। ओलीले संसदको सबैभन्दा ठुलो दल एमालेमाथि अन्याय भएको र कानुन सबै दललाई समान रूपमा लागु हुनुपर्नेमा त्यसो नगरिएको भन्दै गुनासो गरेको स्रोतले जनाएको छ।
एमालेले पार्टीको कारबाहीमा परेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदच्युत गर्नु पर्ने वा सभामुख अग्निप्रसाद सापकोटाले मार्गप्रशस्त गर्नुपर्ने माग राखेर झन्डै ६ महिनादेखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ।









![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)

