Kathmandu Press

सुनको मूल्यमा ५०० रूपैयाँ गिरावट

सुनको मूल्यमा ५०० रूपैयाँ गिरावट

काठमाडाैं, असार ११ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५०० ले ओरालो लागेर रु. ९६ हजार ५०० तोकिएको छ। पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार तोकिएको छ। जसको मूल्य मंगलबार प्रतितोला रु. ९६ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ५ ले बढेर रु. १ हजार ३२० पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:४२ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्