Kathmandu Press

खुमलटारमा प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता 

काठमाडौं, फागुन ११ : गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। बुधबार बिहान खुमलटार पुगेर गृहमन्त्री खाँणले प्रचण्डलाई...
खुमलटारमा प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता 

काठमाडौं, फागुन ११ : गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। बुधबार बिहान खुमलटार पुगेर गृहमन्त्री खाँणले प्रचण्डलाई भेटेका हुन्। 

भेटमा एमसिसी पारित गर्ने सम्बन्धमा छलफल भएको गृहमन्त्री खाँण निकट स्रोतले जानकारी दिएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने कार्यसूची छ। बैठकमा एमसिसीका विषयमा संसदमा रहेका दलहरुले बहस गर्नेछन्। 

सरकारमै भएको माओवादी केन्द्रले भने एमसिसीको विरोध गरिरहेका कारण प्रचण्डसँग छलफल गर्न गृहमन्त्री खुमलटार पुगेका हुन्। 

यसअघि मंगलबार एमाले अध्यक्ष ओली लगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए। एमसिसी निर्णायक विन्दुमा पुग्दै गर्दा राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाट तीब्र बनाएका छन्। 

एमसिसी पास गरिसक्न नेपाललाई फागुन १६ गतेसम्मको समय छ। 

प्रकाशित मिति: ११:२६ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्