Kathmandu Press

हराएका मतदाता परिचयपत्र बनाउन निःशुल्क सिफारिश

काठमाडौं, फागुन ११ : निर्वाचन आयोगले हराएका वा नष्ट भएका मतदाता परिचयपत्रका लागि निःशुल्क सिफारिस बनाउन सरकारलाई आग्रह गरेको छ।आगामी वैशाख ३० गते...
हराएका मतदाता परिचयपत्र बनाउन निःशुल्क सिफारिश

काठमाडौं, फागुन ११ : निर्वाचन आयोगले हराएका वा नष्ट भएका मतदाता परिचयपत्रका लागि निःशुल्क सिफारिस बनाउन सरकारलाई आग्रह गरेको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण गर्न थालेको छ। नयाँसँगै हराएका वा नष्ट भएका व्यक्तिलाई पनि नयाँ परिचयपत्र वितरण गरिरहेको छ।

यसक्रममा हराएका वा नष्ट भएका परिचयपत्रका लागि सिफारिश गर्दा शुल्क लिएको गुनासो आएको जनाउँदै निःशुल्क काम गर्न आग्रह गरेको छ। स्थानीय सरकारलाई हराएको वा नष्ट भएको परिचयपत्रका लागि सिफारिश गर्दा शुल्क नलिन आयोगले आग्रह गरेको हो।

यससँगै आयोगले हराएको वा नष्ट भएको परिचयपत्रका लागि इमेल वा फ्याक्सबाट पनि निवेदन दिनसक्ने जनाइएको छ। आयोगले मातहतका कार्यालयलाई इमेल वा फ्याक्सबाट आएको निवेदनका आधारमा पनि परिचयपत्र प्रदान गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

यसअघि हराएको वा नष्ट भएको परिचयपत्रका लागि आफै निर्वाचन कार्यालयमा उपस्थिति भएर निवेदन दिनुपर्ने व्यवस्था थियो। हराएको वा नष्ट भएको परिचयपत्रको ठाउँ नयाँ परिचयपत्र प्राप्त गर्न निवेदनसँगै वडा कार्याल्यको सिफारिश पनि पठाउनुपर्नेछ।

प्रकाशित मिति: ०८:२४ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्