Kathmandu Press

नेष्डो समृद्ध लघुवित्तको आईपीओ निष्काशन

काठमाडौं, फागुन ११ : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) बुधबार निष्काशन भएको छ।लघुवित्तले बुधबार ८ करोड २८ लाख ७५ हजार...
नेष्डो समृद्ध लघुवित्तको आईपीओ निष्काशन

काठमाडौं, फागुन ११ : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) बुधबार निष्काशन भएको छ।

लघुवित्तले बुधबार ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको हो। यसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

त्यस्तै, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता शेयर निष्काश गरेको छ।

सर्वसाधारणले १० देखि १००० कित्तासम्म शेयरका लागि आवेदन दिनसक्नेछन्। एक कित्ताको १०० रुपैयाँ दर निर्धारण गरिएको छ।

 

प्रकाशित मिति: ०८:०० बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्