आज केही प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं, फागुन ११ : पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले गर्दा देशका केही प्रदेशमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम...
काठमाडौं, फागुन ११ : पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले गर्दा देशका केही प्रदेशमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा भएको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।
विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको आकलन छ।
आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।










![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)