Kathmandu Press

प्रहरी जोगाउँदा क्षतिग्रस्त बुटिकलाई सरकारले सघाउने

काठमाडौं, फागुन ११ : एमसीसी विरुद्धको आन्दोलनका क्रममा प्रहरी बस्न दिएको भन्दै तोडफोड भएको बुटिकलाई सरकारले क्षतिपूर्ति दिने भएको छ।गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनकारीले...
प्रहरी जोगाउँदा क्षतिग्रस्त बुटिकलाई सरकारले सघाउने

काठमाडौं, फागुन ११ : एमसीसी विरुद्धको आन्दोलनका क्रममा प्रहरी बस्न दिएको भन्दै तोडफोड भएको बुटिकलाई सरकारले क्षतिपूर्ति दिने भएको छ।

गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताएका हुन्। गृहमन्त्री खाँणले श्रेष्ठलाई टेलिफोन गरी साथमा सरकार रहेकाले नआत्तिन आग्रह गरे।

श्रेष्ठसँग गृहमन्त्रीले गरेको कुराकानी उद्धृत गर्दै उनका प्रेस संयोजक मधुसुदन भट्टराईले भने, “तपाईंको क्षति सरकारले हेर्छ, सरकार तपाईंको साथमै छ, नआत्तिनुस्।”

यसअघि आजै काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख पुगेर उनको क्षतिबारे स्थलगत निरीक्षण गरेका थिए।

आइतबार एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) सम्झौता संसद्मा टेबुल भएपछि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरी उक्त बुटिकमा पसेको भन्दै तोड्फोड गरेका थिए।

स्थानीय प्रशासन नै आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको श्रेष्ठले बताइन्। उनले अझै पनि आन्दोलनकारीले आफूलाई ‘टर्चर’ दिने गरेको बताइन्।

प्रजिअ गोविन्दप्रसाद रिजालले ज्यान जोखिममा राखेर प्रहरी जोगाएकामा धन्यवाद दिए। उनले ६ प्रहरीलाई आफूले लुकाएर बचाएको जानकारी दिइन्। पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव पेश गर्ने प्रजिअ रिजालले आश्वासन दिए।

प्रकाशित मिति: ०६:२४ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्