प्रक्रिया पुर्याएर सुस्तावासीलाई नागरिकता र जग्गाधनी पूर्जा वितरण गरिन्छ : मन्त्री झाँक्री
नवलपरासी, फागुन १० : शहरी विकास मन्त्री रामकुमारी झाँकीले सुस्तावासीलाई प्रक्रिया पुर्याएर नागरिकता र जग्गाधनी प्रमाणपत्र वितरण गरिने बताएकी छन। नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को...
नवलपरासी, फागुन १० : शहरी विकास मन्त्री रामकुमारी झाँकीले सुस्तावासीलाई प्रक्रिया पुर्याएर नागरिकता र जग्गाधनी प्रमाणपत्र वितरण गरिने बताएकी छन। नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका - ५ स्थित सुस्तामा सडक सञ्जालको आज उद्घाटन कार्यक्रममा उनले नेपाली भूमि संरक्षणमा सुस्तावासीको योगदान अमूल्य रहेकोले यहाँका नागरिकलाई नागरिकता र जग्गाधनी प्रमाणपत्रबाट वञ्चित नगरिने बताइन।
भारतले पटकपटक अतिक्रमण गर्दै आएको नारायणीपारि सुस्ताका अधिकांश नागरिक नागरिकता र जग्गाधनी प्रमाणपत्रबाट वञ्चित छन्। सुस्ताको विकासमा सरकारको ध्यान पुगेको छ भन्दै मन्त्री झाँक्रीले ऐतिहासिक भूमि सुस्तामा विकासका पूर्वाधार बढाउँदै लगिने बताइन।
शहरी विकास तथा भवन निर्माण विभागको नमूना एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत सुस्तामा निर्माण गरिएको पक्की सडक सञ्जालको उद्घाटन गरिएको विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए। सुस्तामा मन्त्रालयबाट ३५१ वटा सुरक्षित नागरिक आवास निर्माण गर्ने लक्ष्य रहेको पनि उनले बताए।
सुस्तामा गाउँपालिकाको पहल र मन्त्रालयको बजेटबाट हाल चार हजार ६०० मिटर आरसीसी ढलान सडक निर्माण सम्पन्न भएको र थप दुई हजार ३०० मिटर सडक निर्माण हुने सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।










![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)