दुई घण्टाकाे छलफलपछि बालुवाटारबाट बाहिरिए एमालेका नेता
मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन्।
काठमाडाैं, फागुन १० : प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु बाहिरिएका छन्।
मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन्। अध्यक्ष ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल बालुवाटार पुगेका थिए।
नेताहरुबीच एमसीसी सम्झौता र सत्ता साझेदारिता लगायतको विषयमा छलफल भएको जनाइएको छ। तर नेताहरुले भने केही प्रतिक्रिया दिएका छैनन्। भेटमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि सहयोग गर्न एमाले नेताहरुलाई आग्रह गरेकाे जनाइएकाे छ।
प्रकाशित मिति: २०:५६ बजे, मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)