नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह

काठमाडाैं, फागुन १० : पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका उद्यमी–व्यवसायीहरूलाई नेपालमा लगानी गर्न र व्यापारका अवसरहरू खोज्न आग्रह गरेका छन।
पाकिस्तानको सबैभन्दा पुरानो सुक्कर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग आज भएको छलफलमा उनले उक्त आग्रह गरेका हुन।
राजदूत अधिकारीले नेपाल–पाकिस्तान सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै त्यसलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको बताएको इस्लामावादस्थित नेपाली दूतावासले जनाएको छ। दुई देशबीचको आर्थिक सहकार्यको सम्भावनाबारे प्रकाश पार्दै उनले सांस्कृतिक र हिमाली पर्यटनको केन्द्र नेपाल दक्षिण एसियामा उत्कृष्ट आतिथ्यता उद्योग भएको मुलुकका रूपमा परिचित रहेको जानकारी गराएका थिए।
चेम्बरका अध्यक्ष आमिर अलीखान घौरी र सदस्यहरूले नेपाल भ्रमण गरी व्यापारका अवसरका बारेमा जानकारी लिने आश्वासन दिएका थिए। सुक्कर क्षेत्र कृषि उत्पादन, सुक्खा फल र मसला उद्योगका निम्ति प्रसिद्ध छ।










![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)