प्रधामन्त्रीलाई भेट्न ओलीसहित तीन नेता पुगे बालुवाटार
अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल भएपछि प्रधानमन्त्री देउवा र प्रतिपक्षीबीच भएको यो पहिलो छलफल हो।
काठमाडौं, फागुन १० : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल बालुवाटार पुगेका छन्।
अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल भएपछि प्रधानमन्त्री देउवा र प्रतिपक्षीबीच भएको यो पहिलो छलफल हो।
उनीहरु केहीसमय अघि बालुवाटार पुगेको स्रोतले जनाएको छ।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।
प्रकाशित मिति: १९:३२ बजे, मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











