निर्वाचन आयोगले माग्याे ८ अर्ब १४ करोड बजेट
काठमाडाैं, फागुन १० : निर्वाचन आयोगले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग गरेकाे छ।मंगलबार आयाेगले...
काठमाडाैं, फागुन १० : निर्वाचन आयोगले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग गरेकाे छ।
मंगलबार आयाेगले पत्रचार गर्दै २०७९ बैशाखमा हुने निर्वाचनका लागि बजेट माग गरेकाे हाे।
आयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनकाे लागि माग गरेकाे भन्दा करिब ८१ करोड बढी हो।
पाँच वर्षमा भएको मुल्यबृद्धि, करिब ३८ लाख मतदाता थप हुनु, कर्मचारीको तलबमा भएको बृद्धिलगायत कारण निर्वाचन खर्च बढ्ने देखिएको आयोगले बताएको छ।
आयोगले भनेको छ,’विगतमा निर्वाचनको काममा संलग्न कर्मचारीलाई खाईपाई आएको तलबको १२१ प्रतिशत निर्वाचन सुविधा भएकोमा यस निर्वाचनमा सुरु तलब स्केलको १०० प्रतिशत हुने गरी बजेटमा प्रस्ताव गरिएको छ।’
प्रकाशित मिति: १९:०० बजे, मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











