Kathmandu Press

हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

पोखरा, फागुन १० : सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको...
हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

पोखरा, फागुन १० : सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क पाउने भएका छन्।

जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन गरि हेम्जा झर्न सकिन्छ। लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरि २.१६ किलोमीटर पार गर्न नै मिनेट लाग्छ।

Hardik ivf

केवलकारको टप स्टेसनबाट पाँच मिनेट हिंडे पछी सराङ्कोटको भ्यु टावर पुगिन्छ। समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य सँगै प्याराग्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ।

जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड 'जिप फ्लायर'को फ्रेन्चाइज रहेको हाइग्राउण्डले पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत  सुरुवात गरेको छ।

जिपलाइनको टप स्टेसन सरङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ। यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले अफिसियल वल्ड रेकर्डमा 'बिश्वकै भिरालो जिपलाइन'का रुपमा दर्ता गर्न आवेदन दिइएको र सो को लागि काम भैरहेको कम्पनीले बताएको छ।

बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्