Kathmandu Press

सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुग्यो

सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुग्यो

काठमाडौं, फागुन १० : नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ । 

सेनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७८ असार मसान्तसम्म कोषको यथार्थ सम्पती रु ५९ अर्व ९५ करोड ८९ लाख रहेको जानकारी दिएको हो । 

हाल कोषको नगद मौज्दात रु ५४ अर्व १२ करोड ७५ लाख रुपैया रहेको छ भने कोष अन्तर्गतका निकायहरुमा ५ अर्व ८३ करोड १४ लाख रुपैया लगानी भएको सैनिक कल्याणकारी महानिर्देशनालयका सह निर्देशक महासेनानी पुरन घलेले जानकारी दिए । उनले सैनिक कल्याणकारी महानिर्देशनालय अन्र्तगत सैनिक तथा भूपू सैनिक केन्द्रीत कार्यक्रम गरिएको बताए।  

त्यस्तै सेनाले बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमा नै तराई–मधेध द्रुत मार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न हुने बताएको छ । पत्रकार सम्मेलनमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले आयोजनाका बिषयमा देखिएको समस्याहरु क्रमश समाधान भइरहेको र २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी दावी गरे।  उनले आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्नका लागि डिजाइनको निर्माण सकिएको जानकार दिए। 

पत्रकार सम्मेलनमा नेपाली सेनाले मातहतका निर्देशनालयबाट भएका कामका बारेमा जानकारी दिएको थियो ।

 

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्