यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या समाधान गछौं ः मन्त्री रेग्मी

काठमाडौं, फागुन १० : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताएकी छन्।
मंगलबार मन्त्रालयले काठमाडौंमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अन्य सरोकारवालाबीचको अन्र्तक्रिया कार्यक्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्याङ्क संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताएकी हुन्।
उनले आफ्नो पहिचान सहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गरिने प्रतिवद्धता जनाएकी छन्। मन्त्री रेग्मीले आफ्नो अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्नेमा जोड दिइन् । उनले संगठीत भएर आवाजलाई बुलन्द बनाएर अघि बढे अधिकार प्राप्तीमा सहज हुने बताइन्।
उनले मुलुकका सवै नागरिकको अधिकार प्रत्याभूत गर्ने जिम्मेवारी राज्यको भएपनि बिभिन्न कारणले यसमा पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गरिन्।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले राज्यले आफूहरुको समस्यमाका बारेमा गम्भीरता दिन नसकेको गुनासो गरेका थिए ।











