Kathmandu Press

अमेरिकी र चिनियाँ विदेशमन्त्री बीच युक्रेन तनावबारे छलफल

वासिङ्टन, फागुन १० : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र रुसको सीमामा जारी तनावबारे छलफल गर्न टेलिफोन वार्ता...
अमेरिकी र चिनियाँ विदेशमन्त्री बीच युक्रेन तनावबारे छलफल

वासिङ्टन, फागुन १० : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र रुसको सीमामा जारी तनावबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन्। 

यो फोनवार्ता पूर्वी युक्रेनको डोनेस्क र लुहान्स्कको स्वतन्त्रतालाई रुसले मान्यता दिएपछि यस क्षेत्रमा तनाव बढेको  विषयमा केन्द्रित रहेको बुझिएको छ।

विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आज  चिनियाँ विदेश मन्त्री वाङ यीसँग रुस-युक्रेन तनाब र युक्रेन विरुद्ध रुसको सम्भावित आक्रमणको बारेमा छलफल भएको र ब्लिन्केनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई जोगाउनु पर्ने आवश्यकतालाई जोड दिनुभएको प्रवक्ता नेड प्राइसले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्। 

संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको डोनेस्क र लुहान्स्क क्षेत्रलाई ूस्वतन्त्रू भनेर मान्यता दिने निर्णयको कडा निन्दा गरेको छ। यो निर्णयलाई मिन्स्क सम्झौताहरू अन्तर्गत रूसका प्रतिबद्धताहरूको पूर्ण अस्वीकार भनेको छ।

यसैबीच चीनले युक्रेनमा तनावमा संलग्न सबै पक्षलाई वार्ता जारी राख्न र कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पूर्वी डोनेस्क र लुहान्स्क क्षेत्रका केही क्षेत्रको स्थितिबारे रुसको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन्। 

प्रवक्ता स्टेफेन डुजारिकद्वारा जारी विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ प्रमुखले ूपूर्वी युक्रेनमा द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि मिन्सको निर्देशन अनुसार अगाडि बढ्न आह्वान गरेका छन्। 

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, फागुन १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्