Kathmandu Press

विश्वकपमा पुग्न नेपाललाई १७६ रनको लक्ष्य

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी ग्लोबल छनोटको समूह एको सेमिफाइनलमा युएईले नेपालाई १७६ रनको लक्ष्य दिएको हो।
विश्वकपमा पुग्न नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं, फागुन १० : दोस्रो पटक टि–२० विश्वकप खेल्ने सपना साकार बनाउन नेपालले १७६ रनको लक्ष्य पछ्याउनु पर्ने भएको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी ग्लोबल छनोटको समूह एको सेमिफाइनलमा युएईले नेपालाई १७६ रनको लक्ष्य दिएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको युएईलले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । दोस्रो ओभरमै ओपनर चिराग सुरीलाई गुमाएको युएईका लागि युवा ब्याट्सम्यान भृत्या अरविन्द र मोहम्मद वासिमले उत्कृष्ट ब्याटिङ गरे ।

वासिमले वासिमले ४८ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ७० रन बनाए भने अरविन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए । यी दुई दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए।

नेपालका लागि ४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । उनले एकै ओभरमा मोहम्मद उस्मान र बलमा मोहम्मद वासिमलाई आउट गरेका थिए । यस्तै, जितेन्द्र मुखिया ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेको नाममा पनि १ विकेट रह्यो।
 

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्