Kathmandu Press

मधेश प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

जनकपुर, फागुन १० : मधेश प्रदेशको प्रदेशसभाको आज बस्ने भनिएको बैठक फागुन २२ गते सम्मका लागि स्थगित भएको छ ।आज दिउँसो २ बजे बस्ने...
मधेश प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

जनकपुर, फागुन १० : मधेश प्रदेशको प्रदेशसभाको आज बस्ने भनिएको बैठक फागुन २२ गते सम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गते सम्मका लागि स्थगित गरेको हो । 

प्रदेशसभा भवनको कम्पाउण्डभित्र कालोपत्र गर्ने काम भइरहको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त भएकाले आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो । यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरेको थियो।  

प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्