खुमलटारमा प्रचण्ड–वैद्य भेटवार्ता, एमसिसी रोक्न आग्रह
काठमाडौं, फागुन १० : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्। मंगलबार दिउँसो खुमलटार पुगेर...
काठमाडौं, फागुन १० : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्।
मंगलबार दिउँसो खुमलटार पुगेर वैद्यले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटमा महासचिव वैद्यले एमसिसी नेपालको हितमा नरहेका कारण पारित नगर्न आग्रह गरेका छन्। त्यस्तै एमसिसी विरुद्धको प्रदर्शनको क्रममा पक्राउ परेका कार्यकर्ताहरुलाई रिहा गर्न पनि वैद्यले आग्रह गरेका छन्।
उनले राष्ट्रघाती सम्झौता संसदमा टेबुल गरेकोबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए। भेटमा एमसिसीको विषयमा मतदान भएको अवस्थामा विपक्षमा मतदान गर्ने बताएका थिए।
प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











