Kathmandu Press

थाहा नगरका किसानलाई मिनिटिलर प्रदान

बागमती, फागुन १० : कृषिमा यान्त्रिकरण गर्ने र लागत खर्च घटाउने उद्देश्यले मकवानपुर जिल्ला अन्तर्गत रहेको थाहा नगरपालिकाका किसानलाई ३६ वटा मिनिटिलर वितरण गरिएको...
थाहा नगरका किसानलाई मिनिटिलर प्रदान
Hardik ivf

बागमती, फागुन १० : कृषिमा यान्त्रिकरण गर्ने र लागत खर्च घटाउने उद्देश्यले मकवानपुर जिल्ला अन्तर्गत रहेको थाहा नगरपालिकाका किसानलाई ३६ वटा मिनिटिलर वितरण गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यावन्यन एकाइ मकवानपुरको आयोजनामा थाहानगरका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको सो परियोजनाले जनाएको छ ।
     
कृषि सहकारी, किसान समूह तथा व्यक्तिगत  कृषिफर्ममा आवद्ध किसानलाई अनुदानमा मिनिटिलर वितरण भएको हो । थाहा नगरपालिका–४ का वडा  सदस्य  नारायण लामाको प्रमुख आतिथ्यतामा भएको सो वितरण कार्यक्रममा  तरकारी जोन मकवानपुरका प्रमुख कृष्णप्रसाद पौडेलले कृषिमा यान्त्रिकरण गर्न र स्वरोजगारको सिर्जना गर्नका लागि जोन तत्पर रहेको बताए। 

हाल तरकारी जोनले थाहानगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा काम गर्दै आएको उनले जानकारी दिए। 

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्