Kathmandu Press

एमसिसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ 

काठमाडौं, फागुन १० : सर्वोच्च अदालतले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विरुद्धको रिट दर्ता गर्ने अस्वीकार (दरपीठ) गरेको छ। एमसिसी अगाडि नबढाउन अन्तरिम...
एमसिसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ 

काठमाडौं, फागुन १० : सर्वोच्च अदालतले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विरुद्धको रिट दर्ता गर्ने अस्वीकार (दरपीठ) गरेको छ। 

एमसिसी अगाडि नबढाउन अन्तरिम आदेशको माग गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो। 

सर्वोच्चले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै अधिवक्ता भण्डारीको रिट दरपीठ गरेको हो । 

भण्डारीले दरपीठविरुद्धको निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन्। 

 

प्रकाशित मिति: १४:१३ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्