Kathmandu Press

जनप्रतिनिधले पूरा कार्यकाल काम गर्ने पाउने मागसहित दायर भएकाे रिटको सुनवाई आज 

काठमाडौं, फागुन १० : स्थानीय जनप्रतिनिधिले पूरै कार्यकाल काम गर्ने पाउने मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटको सुनुवाई आज हुने भएको छ। महोत्तरीका भंगाहा नगरपालिकाका...
जनप्रतिनिधले पूरा कार्यकाल काम गर्ने पाउने मागसहित दायर भएकाे रिटको सुनवाई आज 

काठमाडौं, फागुन १० : स्थानीय जनप्रतिनिधिले पूरै कार्यकाल काम गर्ने पाउने मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटको सुनुवाई आज हुने भएको छ। 

महोत्तरीका भंगाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साहले दायर गरेको रिटमा सर्वोच्चले आज प्रारम्भिक सुनुवाई गर्ने भएको हो। सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेपछि मेयर साहले पाँचवर्षे कार्यकालको सुनिश्चितता माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। 

रिट निवेदन सर्वोच्च प्रशासनले सुरुमा दतरपीठ गरेपनि इजलासको आदेशपछि रिट दर्ता भएको थियो। 

गत स्थानीय निर्वाचन तीन चरणमा भएको थियो। पहिलो चरणको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिहरुको कार्यकाल पूरा भएपनि दोस्रो र तेस्रो चरणको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको भने ६ महिना कार्यकाल बाँकी रहन्छ। 

आफू ७ असोज २०७४ मा निर्वाचित भएकाले संविधानको धारा २१६ को उपधारा ६ अनुसार  २०७९ ६ असोजसम्म निर्वाध रुपमा ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने उनको माग छ ।

प्रकाशित मिति: १०:११ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्