एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने
काठमाडाैं, फागुन ९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा पेस भएको एमसीसी परियोजना सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ। महासचिव वेदुराम...
काठमाडाैं, फागुन ९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा पेस भएको एमसीसी परियोजना सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ। महासचिव वेदुराम भुसालले आज जारी गरेकाे वक्तव्यमा पार्टीले एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको उल्लेख छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। प्रचार विभाग प्रमुख खतिवडाले संसद्मा पेस भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने बताउँदै सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए। उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसीसीको विपक्षमा मतदान गर्ने बताए।
प्रकाशित मिति: २०:५४ बजे, सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











