ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दाङ, फागुन ९ : दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नंको ट्रकले विपरीत...दाङ, फागुन ९ : दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा२प ८९२४ नंको मोटरसाइकललाई घोराहीको गोग्ली नजिक आज ठक्कर दिएको हो।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ कुहिरेपानीका १९ वर्षीय अर्जुन खड्का रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। खड्काको घटनास्थलमै मृत्यु भएको हो। घटानापछि मृतकका आफन्तले लमही–घोराही सडकखण्ड दिनभर अवरुद्ध गरेका थिए। भीड नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको बताइएको छ। ट्रक चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०:१७ बजे, सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१