एमसिसीविरूद्ध सर्वाेच्चमा रिट
काठमाडाैं, फागुन ९ : अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।आइतबार एसीसी संसदमा टेबल भएपछि साेमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसी...
काठमाडाैं, फागुन ९ : अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
आइतबार एसीसी संसदमा टेबल भएपछि साेमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसी अघि बढाउन नहुने भन्दै सर्वाेच्चमा रिट पेस गरेका हुन्।
एमसिसी सम्झैताका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाे भन्दै उनले उनले रिट पेस गरेका हुन्।
उनले पेस गरेकाे रिटमा एमसिसी नै संसदमा लगेर अनुमोदन गर्नुपर्छ भनेर नलेखिएको तर एमसिसीका कतिपय प्रावधान नेपालको संविधान कानुन र सार्वभौमिकता विपरीत भएकोले पारित गर्न नमिल्ने उल्लेख गरेका छन्।
उनले पेस गरेकाे रिट दर्ता भने भइसकेको छैन।
प्रकाशित मिति: १९:४७ बजे, सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











