Kathmandu Press

जर्जियाका पूर्व राष्ट्रपति साकाशभिलीद्धारा कारागारमै अनशन सुरु

टिबिलिसी, फागुन  ९ : जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीले कारागारमै अनसान सुरु गरेका छन।कारागारमै कैदी जीवन विताइरहेका साकाशभिलीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको...
जर्जियाका पूर्व राष्ट्रपति साकाशभिलीद्धारा कारागारमै अनशन सुरु

टिबिलिसी, फागुन  ९ : जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीले कारागारमै अनसान सुरु गरेका छन।

कारागारमै कैदी जीवन विताइरहेका साकाशभिलीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको भन्दै अनशन सुरु गर्नु भएको हो।

Hardik ivf

'मलाई पर्याप्त औषधी उपचार नगरिएकाले पर्याप्त औषधी उपचारको माग गर्दै मैले आजदेखि अनशन सुरु गरेको छु,' टिबिलिसी अदालतमा उनले सोमबार बताए।

स्वतन्त्र चिकित्सकहरूले आफूलाई पर्याप्त औषधी उपचार नपुगेको र तत्काल औषधी उपचार गर्नुपर्ने सुझाव दिएको उनको भनाई छ।

जर्जियाको विपक्षी दलका नेता समेत रहेका साकाशभिलीले यसअघि गतवर्ष पनि ५० दिनसम्म अनशन गरेका थिए।

झण्डै पचास वर्षीय शाकासभिली सन् २००४ देखि २०१३ सम्म गरेर दुई कार्यकालसम्म लगातार जर्जियाको राष्ट्रपति बनेका हुन।

उनले सन् २०१५ को मेमा युक्रेनको नागरिकता समेत लिएकोमा दुई वर्ष अगाडि युक्रेनले उनको नागरिकता खारेज गरिएको घोषणा गरेको थियो।

प्रकाशित मिति: १९:१२ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्