Kathmandu Press

करेन्ट लागेर एक जनाकाे मृत्यु

करेन्ट लागेर एक जनाकाे मृत्यु

दमाैली, फागुन ९ : तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–५ बस्ने २४ वर्षीय सोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

रिमाल्नीस्थित पृथ्वीराजमार्गमा ट्रकमा डोजर लोड गर्दै गर्दा विद्युत्को तारमा छोइँदा करेन्ट लागेर उनको मृत्यु भएको हो। करेन्ट लागेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्