Kathmandu Press

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, क्यानडा ८ विकेटले पराजित

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, क्यानडा ८ विकेटले पराजित

काठमाडाैं, फागुन ९ : नेपाल समूह विजेताका रुपमा टि-२० विश्वकपको ग्लोबल छनोटका सेमिफाइनलमा प्रवेश गरेको छ।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।

समूह एको ग्रुप १ मा रहेको नेपाले समूहका तीनवटै खेल जित्यो । पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको नेपालले दोस्रो खेलमा फिलिपिन्समाथि १३६ रनको जित निकालेको थियो। यही समूहका पिलिपिन्सलाई हराउँदै ओमान उपविजेताका रुपमा सेमिफाइनल पुग्ेको छ।

अब सेमिफाइलनमा नेपालले ग्रुप २ को उपविजेता युएईसँग खेल्ने छ भने ओमानले ग्रुप २ को विजेता आयरल्यान्डको सामाना गर्ने छ।

क्यानडाविरुद्ध नेपाललाई जित दिलाउन कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यस्तै, आसिफ सेखले १७ रन बनाउँदा कशुल मल्ल गोल्डेन डक आउट भए। क्यानडाका कलिम सान र जुनैद सिद्दिकीले समान १ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रनमात्र बनाउन सकेको थियो। क्यानडाका लागि दिलोन हैलिगरले सर्वाधिक २४ रन बनाउँदा कप्तान नवनित धलिवालले १८, रायन खान पठानले १४ र सलमान नजारले १० रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले ४ ओभरमा १२ रन मात्र खर्चेर ३ विकेट लिए  । यस्तै, कलमसिंह ऐरी र अभिनाश बोहराले समान २ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए।

 

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्